सल्यान । सडक स्तरवृद्धिका लागि मदन भण्डारी राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका–७ गैरिगाउँ–धामीगाउँ–पिपलबोटदेखि पोखरा नेटासम्मको सडकमा एक साताको लागि यातायात सञ्चालन बन्द गरिएको छ । जिल्लाको बागचौर नगरपालिकाले एक सूचना प्रकाशन गर्दै यातायात सञ्चालन बन्द गरेको हो । बाग्चौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले निर्माणको काम धमाधम भइरहेको र सडक चौडा गराउने क्रममा…