मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउँदो बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह

आउँदो बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्न अर्थमन्त्रीको आग्रह

न्यूजस्टोरी

काठमाडौं, २५ फागुन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँ भन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गर्नुभएको छ ।

आउँदो आर्थिक वर्षको बजेट निर्माणका सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आज बेग्लाबेग्लै भएका छलफलका उहाँले असङ्ख्य योजना तथा कार्यक्रम बजेटमा राख्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले पूर्वतयारी सकिएका ठूला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिनुभयो ।

उहाँले प्रदेश र पालिकाले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनुपर्ने र एक पटकका लागि बीउ पुँजी दिएर भए पनि प्रदेश र पालिकाको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।