काठमाडौं । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । बैठक सञ्चालनका लागि सहज वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् । छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश वर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष…