मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पमा घाइते भएकामध्ये तीन जना डिस्चार्ज, अन्यको उपचार हुँदै

भूकम्पमा घाइते भएकामध्ये तीन जना डिस्चार्ज, अन्यको उपचार हुँदै

न्यूजस्टोरी

काठमाडौं । शुक्रबार राती जाजरकोटको कुसे गाउँपालिका–९, पैंकलाई केन्द्रबिन्दु बनाएर गएका दुईवटा भूकम्पमा परी रुकुम (पश्चिम)मा दुई जना र जाजरकोटमा ६ जना गरी कुल ८ जना व्यक्ति घाइते भएका छन् ।

घाइते भएकाहरुमध्ये जाजरकोटका तीन जना उपचार पश्चात् डिस्चार्ज भएका र जाजरकोटका तीन जना तथा रुकुम (पश्चिम)का दुई जना गरी पाँच जनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।

शुक्रबार जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प गएका थिए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।