लुम्बिनी । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। छैटौँ अधिवेशनको पहिलो बैठक बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौँ अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आजका…