मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन’

‘यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन’

न्यूजस्टोरी

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको ढुकुटी रित्तो रहेको बताउनुभएको छ । बालुवाटारमा आज सिनेपा चलचित्र छायाङ्कन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेकोमा अहिले पैसा नहुँदा यो काम गर्छु भन्न पनि डराउनुपर्ने स्थिति रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि प्रधानमन्त्री हुँदा धेरै पैसा रहेकाले जे पनि गर्नुपर्छ भनेर काम शुरू गरेको भन्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको उल्लेख गर्नुभयो । त्यही समयमा निर्माण शुरू भएका ६० भन्दा बढी स्वास्थ्य केन्द्र अहिले सञ्चालनमा रहेको उहाँले जानकारी गराउनुभयो ।

ओलीले भन्नुभयो, ‘म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थेँ, जे पनि बनाउँथेँ ।’

प्रधानमन्त्री ओलीले आफू तीन वर्षको अन्तरालमा प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको जिकिर गर्नुभयो । अर्थतन्त्र अब ओरालो नलाग्ने उहाँको भनाइ छ ।