मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौले पर्साको नाकाबाट ५ लाख मुल्य बढिको लत्ता कपडा सहित एउटा मोटर साईकल नियन्त्रणमा लियो

सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौले पर्साको नाकाबाट ५ लाख मुल्य बढिको लत्ता कपडा सहित एउटा मोटर साईकल नियन्त्रणमा लियो

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज, ३० वैशाख
सशस्त्र प्रहरी बल पर्साले अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको ५ लाख रुपैयाँ मुल्य भन्दा बढीको अवैध तस्करीको सामान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका १ गरदवलबाट ५ लाख १ हजार ४ सय रूपैयाँ बराबरको लता कपडा सहित ना १८ प ८२७२ नम्वरको एउटा मोटर साईकल सहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख कृष्णा सिंह पुजाराको कमाण्डमा खटिएको टोलिले बिशेष सुचनाको आधारमा मँगलवार बिहान पर्साको बिन्दबासिनी गाउँपालिकाको गरदवल वाट तसकरहरुले अवैध रुपमा भन्सार छलेर मोटरसाइकलमा भारतवाट नेपाल भित्र्याउदै गरेको अवस्थामा उक्त मुल्य बराबरको लता कपडा सहित मोटर साइकल नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको सामानहरुमा साडी कुर्ता सुरुवाल टप्स लगायतका महँगा सामानहरु रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजाराले बताएकाछन्।
नियन्त्रणमा लिएका सामान र मोटरसाइकल आवश्यक अनुसन्धानका लागि आजै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जानाएको छ।