मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

न्यूजस्टोरी

काठमाडौं ।आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आज हङकङसँग खेल्न लागेको हो ।

खेल थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२:३५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा दुई खेलबाट तीन अंकका साथ समूह ‘सी’ को शीर्षस्थानमा रहेको नेपालले हङकङलाई पराजित गर्न सके एक खेल अगावै सुपर– ३ मा स्थान बनाउने छ । पराजित भएको खण्डमा यात्रा कठिन बन्नेछ ।

यसअघिका खेलमा वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । हङकङले भने आफ्ना दुवै खेलमा अंक बाँडेर २ अंक जोडेको छ ।नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा रहेका छन् ।