मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन घण्टादेखि काठमाडौंको मखन गल्लीमा आगलागी

तीन घण्टादेखि काठमाडौंको मखन गल्लीमा आगलागी

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि  रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो ।  

बिहान ६ : ५० बजे दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भइरहेको छ । 

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । 

६ वटा दमकलले आगो नियन्त्रणमा प्रयोग गरिएको तर आगो नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।