किरण कुँवर
चितवन, ३० बैशाख ।
पूर्वी चितवनको एमाले रत्ननगर वडा नं. १ कमिटीले पार्टीमा योगदान पुराएको भन्दै लामो समयदेखि पार्टीमा क्रियाशील रहँदै आएका पूर्व बागमती प्रदेश सदस्य तथा सल्लाहकार राधाकृष्ण शर्मा पौडेललाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री जेएन थपलिया र केन्द्रीय सदस्य कपिलदेव पोखरेलको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा पौडेललाई दोसल्ला सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बागमती प्रदेश सदस्य तथा नगर इन्चार्ज टीका पौडेलले राधाकृष्ण पौडेलले कम्युनिष्ट पार्टीमा आफ्नो उर्जासिल र सिर्जनसिल समय खर्च गरेको बताए । उनले पौडेलले कम्युनिष्ट पार्टीमा दिएको योगदानकै जगमा अहिले एमाले रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरू नारायण वन, राजाराम रेग्मी, लक्ष्मी कोइराला लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया