काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज (शुक्रबार) नेपालले श्रीलंकासँग भिड्दै छ । नेपाली समयअनुसार आज बिहान पौने ११ बजे नेपाल श्रीलंकाविरुद्ध मैदानमा उत्रनेछ । १४–२३ मंसिरसम्म हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । आज श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेल १६ मंसिरमा…