मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा ५ जनाको मृत्यु

रोल्पामा झोलुंगे पुलको पर्खाल लगाउने क्रममा ५ जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । रोल्पामा आज (आइतबार) झोलु‌ंगे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुर्दा ५ जनाको मृत्यु भएको छ।

रोल्पा जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा ५ मजदुर पुरिएका हुन्।

माटोले पुरिएको अवस्थामा २ पुरुष र २ महिला गरी ४ जनाको शव निकालिएको छ। ७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार पुरिएर सुनछहरी गाउँपालिकाकै वडा नम्बर ३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, सोही ठेगानाका वर्ष ३१ का ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आइती परियार र वर्ष ६६ का देवीराम परियारको मृत्यु भएको हो।

घटनाबारे प्रहरीलाई बिहान ९ बजेर ५० मिनेट जाँदा खबर आएको थियो। त्यसपछि प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमान्डमा ५ जनाको टोली बिहान १० बजेर ३५ मिनेटमा घटनास्थल पुगेको थियो।