काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो…