काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन र चाँदीको मूल्य बढेको हो आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४१ हजार २ सय रुपैयाँ थियो…