काठमाडौं । अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्ने कम्पनीले जनाएको छ। हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठीले ‘राठी’ ब्रान्डले…