मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख रुपियाँ जरिवाना

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख रुपियाँ जरिवाना

न्यूजस्टोरी

रसुवा । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवा भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपियाँ जरिवाना असुल गरेको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो चालू आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपियाँबराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपियाँबराबरका सामग्री निर्यात भएको छ ।

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपियाँ असुली भएको छ ।