मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

न्यूजस्टोरी

काठमाडौं । आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिगत तीन दिनयता स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ४२ हजार २ सय र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।