काठमाडौं । सप्तऋषि ओइल एन्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन ‘श्री केश हेयर ओयल’मा कुनै समस्या नरहेको दाबी गरेको छ । सोमबार एक पत्रकार सम्मेलन गर्दै कम्पनीले तेलको गुणस्तरमाथि उठेको प्रश्नमा प्रष्टीकरण गरेको हो । सरकारी नीति नियमको पालना गर्दै गुणस्तरको प्रमाणित गरेर तेल बजारमा ल्याइएको कम्पनीले बताएको छ । कम्पनीका प्रबन्धक टीकाराम बुढाथोकीले सप्तऋषिद्वारा उत्पादित…