काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । ‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५’ को मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेप्से ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको छ । चार अर्ब १८ करोड…