मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट

न्यूजस्टोरी

काठमाडौँ । नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६४.४२ विन्दुमा रोकिएको नेप्सेले जनाएको छ । आज ३१७ कम्पनीका ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ मा खरिदबिक्री भएका छन् ।

आज रिलाइन्स फाइनान्स,गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय, मैलुङ्ग खोला जल विद्युत् र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्सको १३ करोड, रिलाइन्स फाइनान्सको १३, माउन्टेन इनर्जीको ११ करोड माण्डू हाइड्रोको ९ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै आज ग्लोबल आइएमई लघुवित्त वित्तीयका लगानीकर्ताले सबैभन्दा बढी ६.५८ प्रतिशतले गुमाएका छन् । त्यस्तै सनराइजको ५.२४, कालिका लघुवित्त वित्तीयको ५.१८ र उपकार लघुवित्त वित्तीयको ५.११ प्रतिशतले घटेको छ ।