मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री साहले कृषि क्षेत्रमा उल्लेख्य सुधार ल्याउने अपेक्षा, बजेट विनियोजनका कारण जिल्लावासी हर्षित

मन्त्री साहले कृषि क्षेत्रमा उल्लेख्य सुधार ल्याउने अपेक्षा, बजेट विनियोजनका कारण जिल्लावासी हर्षित

न्यूजस्टोरी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले कृषिको क्षेत्रमा उल्लेख्य सुधार ल्याउने अपेक्षा आम जनसमुदायले गरेका छन् । बारा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित मन्त्री साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मन्त्रीको रुपमा आफ्नो जिम्मेवारी सम्हालेसँगै कृषि क्षेत्रको समस्या सुधारका लागि सक्रियतापूर्वक लागिरहनु भएको छ । उहाँ मन्त्री भएसँगै दुधको भुक्तानी पाउन बाँकी किसानहरुको समस्यालाई गम्भीरतापूर्वक लिइ समाधानको प्रयत्न निरन्तर भइरहेको र केही हदसम्म समस्या समाधान पनि भइरहेको छ । यता खेतीको सिजनमा प्रत्येक वर्ष रासायनिक मल अभाव हुने गरेकोमा यस वर्ष भने रासायनिक मल अभाव नहुने भएको छ । मन्त्री साहले यस वर्ष रासायनिक मलको अभाव हुन नदिने बताउनुभएको छ । चालु आर्थिक वर्षमा मलको अभाव नहुने र आगामी आर्थिक वर्षको सुरुवातीबाट नै रासायनिक मलको अभाव नहुने उहाँले प्रतिनिधि सभा बैठकदेखि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा प्रष्ट पार्दै आउनुभएको छ । यस वर्ष रासायनिक मलको माग गर्दै किसानहरु सडकमा आएको दृश्य देखिएको छैन ।

यसबाट पनि मन्त्री साहको किसानको समस्या समाधानका लागि भइरहेको पहलकदमी कस्तो छ भन्ने प्रष्ट हुन्छ । मन्त्री साहले ९६ हजार मेट्रिक टन रासायनिक मल अहिले मौज्दुत रहेको जानकारी गराउनुभएको छ । थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने पनि उहाँले जानकारी दिनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेन्डर आव्हान भइसकेको र सो मध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको छ ।

मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रमा ४० वटाभन्दा बढी कृषिका योजनाहरु पार्नुभएको छ । गुरु किसान छनौट तथा नमूना फार्म स्थापना सहयोग कार्यक्रम, नयाँ तरकारी पकेट विकास कार्यक्रम सञ्चालन, हरित विद्यालय कार्यक्रम, कोल्ड च्याम्बर निर्माण, कृषि बजार पूर्वाधार निर्माण, साना सिँचाइ कार्यक्रम, उन्नत बीउ वितरकलाई प्रोत्साहन अनुदान, खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान लगायतका विभिन्न शीर्षकहरुमा किसानका लागि करोडौँ रुपैयाँ आफ्नो मन्त्रालयबाट छुट्याउनुभएको छ । त्यसैगरी भैँसी तथा बाख्रा नश्ल सुधार अनुसन्धान इकाई स्थापना, रेबिज नियन्त्रण कार्यक्रम, आधारभुत प्रयोगशाला कार्यक्रम, डेरि प्रवद्र्धन कार्यक्रम लगायतका कार्यक्रमहरुमा पनि बजेट व्यवस्था गरिएको छ । यसरी आफ्नो क्षेत्रका हजारौँ किसानहरुलाई लाभान्वित गराउन मन्त्री साहले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको छ ।

पटक–पटक मन्त्री भइसक्नु भएकि मन्त्री साहले किसानको समस्यालाई समाधान गर्ने कुरालाई ध्येयमा राखेर काम गरिरहनु भएको छ । त्यसो त आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँले विकास निर्माणका काममा निकै ध्यान पु¥याउनुभएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा आफ्नो निर्वाचन क्षेत्र बारा क्षेत्र नं। ३ मा विकास निर्माणको काममा पनि निकै नै बजेट छुट्टीएको छ । आफ्नो निर्वाचन क्षेत्रमा खानेपानीको योजना मात्रै १९ वटा पार्नुभएको छ । कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको आयोजना पारिएको छ । त्यस्तै सो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा रहेका खानेपानी आयोजनाहरुमा पनि बजेट विनियोजन भएको छ । यसो हुँदा बारा क्षेत्र नं। ३ का जनतामा खुशी छाएको छ ।

त्यसैगरी फतेपुरदेखि अमाटार सम्म जोड्ने बाटो कालोपत्रे, कवलपुरदेखि सोनरिया सम्म जोड्ने बाटो कालोपत्रे, मटिर्वादेखि निलकण्ठवा जाने बाटो पिच र नाला निर्माण, कलैया उपमनपा ०६ वडा कार्यालयदेखि पर्सा गाउँ जाने पिच र नाला निर्माणका लागि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट विनियोजन भएको छ । त्यस्तै गण्डक नहरदेखि दक्षिण बजार पिपलचोक भई पूर्व जाने नहरीसम्म पर्सा गाउँ जाने पिच र नाला निर्माण र सिमरा कोल्बि कालोपत्रे सडक निर्माणमा पनि उहाँको पहलमा बजेट विनियोजन भएको छ । यसले गर्दा सडक समस्यामा परेका नागरिकहरुलाई सहजता हुने देखिएको छ ।

मन्त्री साहले आर्थिक वर्ष २०८१/०८२ मा बारा क्षेत्र नम्बर ३ मा अन्य धेरै विकास निर्माणका काम तथा विपन्न नागरिकहरुका लागि बजेट विनियोजन गर्नुभएको छ । कलैया उपमनपा वडा नं। १५, १६ र २१ मा गरिब तथा अति विपन्न परिवारलाई सुरक्षित आवास निर्माणका लागि बजेट विनियोजन भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं। १५ मा कल्भर्ट निर्माण, वडा नं. १३ मा पक्कि सिँचाई कुलो निर्माणका लागि पनि बजेट छुट्टयाइएको छ । जितपुर सिमरा उपमनपा १५ मा नयाँवस्ती खापसी खोला संरक्षणका लागि पनि बजेटको व्यवस्था गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ मा शहिद पार्क निर्माणका लागि पनि बजेट विनियोजन भएको छ ।

त्यसैगरी बारा क्षेत्र नं. ३ अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ११०३ वटा घरपरिवारका लागि बजेटको व्यवस्थापन गरिएको छ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत जीतपुर सिमरा नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्य, कलैया उमनपामा सघन शहरी विकास कार्यक्रम अन्तरगत एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम र कलैया उमनपा वडा नं। १४ भवरा मोडदेखि भवरा बजार सम्मको बाटो निर्माण लगायत अन्य दर्जनौँ आयोजनाहरुका लागि बजेट विनियोजन भएको छ ।

मन्त्री साहले कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा सिँचाई आयोजनाका लागि आर्थिक वर्ष २०८१÷०८२ मा बजेट विनियोजन गर्नुभएको छ । यसरी अन्य विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न कार्यक्रमहरु पनि आफ्नो निर्वाचन क्षेत्रमा पार्नुभएको छ ।

त्यसो त कृषिमन्त्री साहले समग्र बारा जिल्ला र मधेश प्रदेशमा पनि विभिन्न कार्यक्रमहरु लानुभएको छ । बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित नभई बारा जिल्लाका अन्य क्षेत्रहरुमा पनि माथि उल्लेख गरिएका सबै शिर्षकका बजेट विनियोजन गर्नुभएको छ । मधेश प्रदेशका अन्य जिल्लाहरुमा पनि माथि उल्लेखित शीर्षकका बजेट विनियोजन गर्नुभएको छ । यसरी वास्तविक किसानका लागि उहाँले दह्रिलो आँट, भरोसाको काम गर्नुभएको छ ।

युवा पुस्ताको सक्रिय र दह्रो, खह्रो स्वभावकि मन्त्री साह आफ्नो काम गर्ने छुट्टै शैलीका कारण बेला बेलामा चर्चामा समेत आउने गर्नुहुन्छ । सरकारका कतिपय मन्त्रीहरु आलोचना र विरोधको सिकार हुने गरे पनि मन्त्री साह आजसम्म जति पटक मन्त्री बनेपनि कहिल्यै आलोचनाको सिकार हुनुपरेको छैन । उहाँले कहिल्यै पनि आफ्नो अभिव्यक्तिका कारण आत्मआलोचित हुनु परेको छैन । न त कुनै बोलि फिर्ता लिनुपरेको छ । उहाँले गरेको काममा कुनैपनि संघसंस्थाहरुले आजसम्म बिरोध गरेको सुनिएको छैन । स्पष्ट योजना, दृढ इच्छाशक्तिका साथ काम गर्ने उहाँको शैलीका कारण कृषि क्षेत्रमा आम रुपमा परिवर्तन हुने कुराको विश्वास गर्न सकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको यो सरकारले सुशासन, समृद्धि तथा सामाजिक न्यायलाई मुलमन्त्र बनाएर काम गरिरहेको परिप्रेक्षमा सुशासन कायम गर्न र देशलाई समृद्धिको बाटोमा हिडाउन मन्त्री साहको उल्लेखनीय भुमिका देखिएको छ ।