मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यवसायमा विविधीकरणको खाँचो – प्रवन्ध निर्देशक, ढकाल

व्यवसायमा विविधीकरणको खाँचो – प्रवन्ध निर्देशक, ढकाल

न्यूजस्टोरी

काठमाडौं, ३० जेठ । आइएमइले आफ्नो २४ औं बार्षिकउत्सवका अवसरमा काठमाडौंमा बिशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आइएमई ग्रुपका सह- संस्थापक तथा प्रवन्ध निर्देशक हेमराज ढकालले आफ्ना ग्रहकको सामाजिक तथा आर्थिक रुपान्तरणमा विस्तारित सेवाकै माध्यमबाट समर्पित रहने बचनवद्धता ब्यक्त गर्नुभएको छ । बैधानिक माध्यमबाटै मुलुकमा रेमिट्यान्स ल्याएर समग्र मुलुकको अर्थतन्त्र उकास्नमा आइएमइले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि ढकालले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक ढकालले ब्यवसायमा बिविधताको आवश्यक्ता रहेको समेत औंल्याउनुभयो । युवा जोश र जाँगरलाई समुचित प्रयोग गर्दै प्रबिधिसँग जोड्न सकेको खण्डमा मात्रै ब्यवसायको शाख र भविष्य सुनिश्चित गर्ने सकिने उहाँको भनाइ थियो ।
ब्यवसायमा समय अनुकुल परिमार्जन र विविधिकरण गर्दै जान नसकेको खण्डमा ब्यवसायको शाख र ब्यवसाय नै गुम्न सक्ने खतरा रहेको पनि ढकालले उल्लेख गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले ब्यवसायिक नैतिकतालाई अँगाल्दै आइएमईले आफ्नो ब्यवसायिक धरातल मजवुत बनाएको बताउनुभयो । बिदेशमा दुख गरि कमाएको पैसालई दुरदराजमा बस्ने आफ्ना आफन्तको आगनमा पुराएर आइएमईले मुलुकको अर्थतन्त्र सवल मात्रै होइन आम नेपालीलाई पसिनाको मुल्य चिनाउन समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनभयो ।
कार्यक्रममा विभिन्न खेल तथा प्रतिस्पर्धाका बिजेतालाई पदक बितरण तथा सम्मान समेत गरिएको थियो ।