काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज बजेट ल्याउँदैछ । शनिबार दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्ने भनिए पनि केही ढिलो भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर प्रदेश सभामा पुगिसकेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ३५ अर्ब ६३ करोडको बजेट आउन लागेको छ । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट कार्यान्वयन भइरहेको छ ।


प्रतिक्रिया