मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माध्यमिक विद्यालय बाहिर स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको मृत्यु

माध्यमिक विद्यालय बाहिर स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको मृत्यु

न्यूजस्टोरी

बेइजिङ । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरुको भिडसँग ठोक्किएको थियो ।

“हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए”, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था “गम्भीर“ रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ । सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ ।

ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भईरहेको सिसिटिभीले जनाएको छ ।कमजोर सुरक्षा मापदण्ड र अव्यवस्थित चलाईका कारण देशमा घातक सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत जुलाईमा चीनको मध्य सहर चाङ्सामा एउटा गाडी पैदल यात्रीहरूसँग ठोक्किदा आठ जनाको मृत्यु र पाँच जना घाइते भएका प्रहरीले जनाएको थियो ।