मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउदी अरबको मुख्य प्रशिक्षकमा मान्सिनी

साउदी अरबको मुख्य प्रशिक्षकमा मान्सिनी

न्यूजस्टोरी

काठमाडौं । रोबर्टो मान्सिनी साउदी अरबको फुटबल टिमको मुख्य प्रशिक्षक भएका छन् । इटालीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दुई हप्तामा मान्सिनीले साउदी अरबको राष्ट्रिय टिम हेर्ने जिम्मेवारी लिएका हुन् ।

५८ वर्षका प्रशिक्षकले इटालीलाई सन् २०२० को युरोकपको उपाधि जिताएका थिए । इङ्ल्याण्डलाई वेम्बलीमा पेनाल्टीमा हराउँदै इटालीले युरोकपको उपाधि उचालेको थियो ।३७ खेलमा अपराजित रहेको विश्व कीर्तिमान कायम गरेका मान्सिनी ईटालीलाई सन् २०२२ को विश्वकपमा छनोट गराउन भने असफल भएका थिए ।

उनले साउदी अरबसँग सन् २०२७ सम्म रहने गरि सम्झौता गरेका छन् । उनले सेप्टेम्बर ८ मा पहिलो खेलको रुपमा न्युक्यासलमा कोस्टा रिकासँग खेल्ने तालिका रहेको छ ।

‘यो मेरा लागि राम्रो अवसर हो । एसियामा बढ्दो फुटबलको लोकप्रियतालाई हेरेर नयाँ देशको अनुभव लिने अवसर पनि हो ।’ मान्सिनीले भनेका छन् ।

पछिल्लो विश्वकपमा साउदी अरबले समूह चरणको खेलमा विश्व विजेता बनेको अर्जेन्टिनालाई पहिलो खेलमा २–१ ले स्तब्ध बनाएको थियो ।

मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । उनले फ्लोरेनटिना, लाजियो, इन्टर मिलान, गलातासारे र जेनिट सेन्ट पिटर्सवग सहितका क्लबलाई समेत नेतृत्व गरेका छन् ।