वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगंज स्थित वडा प्रहरी कार्यालय श्रीपुरले उनाइस लाख पचास हजार रकमसहित हुण्डी कारोबार गर्ने ३ जनालाई नियन्त्रमा लिएको हो । विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले वीरगञ्ज माहानगरपालिका ८ स्थित सडकखण्डबाट दुई जना संकास्पद व्यक्तिहरूको खानतलासी गर्दा उनिहरुको साथबाट स्रोत नखुलेको १९ लाख पचास हजार रकम सहित नियन्त्रणमा लिएको होे । सो रकम सहित पक्राउ पर्नेमा जिल्ला बारा परवानीपुर गाउ“पालिका वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ का कृष्ण प्रसाद सोनारको साथबाट स्रोत नखुलेको नेपाली रुपैया“ एक लाख ६० हजार र सोही ठाउ“ बस्ने वर्ष ३९ का सुनिल साहका साथबाट ३ लाख ९० हजार गरि जम्मा ५ लाख पचास हजार सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दिपक गिरिले जानकारी दिनुभयो । त्यसैगरि, बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरकै प्रहरी निरिक्षक आशुतोष शाहीको कमाण्डमा रहेको प्रहरी टोलीले १४ लाख रुपैया“ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । सो रकम सहित पक्राउ पर्नेमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३२ का छठु महत्तोले हेलमेट भित्र लुकाई छिपाई लैजा“दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले चेकजा“चको क्रममा महत्तोले चढेको प्रदेश ३—०३—००१ प १२३३ नम्बरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक गिरिले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान तथा कारवाही भैरहेको गिरिले जनाएका छन् ।


प्रतिक्रिया