काठमाडौं । सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।
स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ ।
यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ ।


प्रतिक्रिया