मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन, १९ जना पक्राउ

सहकारी पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन, १९ जना पक्राउ

न्यूजस्टोरी

काठमाण्डौ । सहकारी पीडितहरूले काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् । विरोधका लागि विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाण्डौ आएका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्यारेण्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । यसैबीच, प्रदर्शनका कारण सडकमा अवरोध पुगेको छ ।

सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई सिंहदरबारमा राखिएको सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिकी अध्यक्ष सुनितासिंह राजभण्डारीले जानकारी दिनुभयो । सहकारी पीडितले बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरमा रहेको सहकारी विभागमा ताला लगाएका थिए।

उनीहरु गएको जेठ २० गतेदेखि नै माइतीघर मण्डलामा धर्ना बस्दै आएका छन् ।