मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा फाले गोलभेँडा

मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा फाले गोलभेँडा

न्यूजस्टोरी

काठमाडौं । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ ।

कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक व्यापारी भगवानचन्द्र उप्रेतीले बताउनुभयो । भारतीय गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ।सडकमा फालिएको गोलभेँडा हटाउन बिहान एक्स्काभेटरको प्रयोग गरिएको थियो । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसान र व्यापारीसँग छलफल गरिरहेको छ ।समितिका अनुसार कालीमाटी बजारमा अहिले सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य छ। यस्तै, भारतीय ठूलो गोलभेँडा भने किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ ।