मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो

न्यूजस्टोरी

काठमाडौँ । बुत्रबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको थियो । म‌ंगलबारको तुलनामा आज सुनको मूल्य ४ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ८२५ सय रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।