मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा पृथ्वी राजमार्ग सडक भासियो, सडक एकतर्फी सुचारू

पोखरामा पृथ्वी राजमार्ग सडक भासियो, सडक एकतर्फी सुचारू

न्यूजस्टोरी

पोखरा । पोखरामा पृथ्वी राजमार्ग सडक भासिएको छ । वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोको पानी बाहव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडकको दायाँ साईड ५ मिटर लम्बाई, १.५ मिटर चौडाई सडक घट्टे कुलोको पानीले काटेर भत्काएको र उक्त स्थानदेखि १० मिटर अगाडी सडकमा दायाँ तर्फको ७ मिटर लम्बाई, १ मिटर चौडाई भाँसिएर खसेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । अहिले सडक एकतर्फी सुचारू रहेको शर्माले जानकारी दिए ।