मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।