काठमाडौं । उरुग्वेले फिफा यू—२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ ।
अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १—० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे ।
रोड्रिगेजले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।
उरुग्वेले पहिलो पटक यू—२० विश्वकपको उपाधि जितेको हो ।
उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।


प्रतिक्रिया