मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बार्सिलोना फर्कन चाहन्थे तर ………..

बार्सिलोना फर्कन चाहन्थे तर ………..

न्यूजस्टोरी


काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने निश्चित भईसकेको छ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छाडेका फरवार्ड मेस्सीले मियामीसँग सहमति गरिसकेका छन् । बार्सिलोना फर्कने चर्चा र साउदी अरेबियन लिग क्लब जाने चर्चाको बाबजुत मेस्सीले मियामी जाने निर्णय गरेका हुन् ।

यसैबीचमा मेस्सीले आफु मियामी जाने निर्णय गर्नुको कारण खुलाएका छन् । मेस्सीले आफु बार्सिलोना फर्कन चाहेको तर, फाइनान्सियल फेयर प्लेको कारण सम्भव नभएको बताएका छन् ।

मैले मियामी जाने निर्णय लिएको छु, मेस्सीले डायरियो स्पोर्ट र मुन्डो डेपोर्टिभोलाई भने, मैले युरोप छोड्ने निर्णय गरे।

मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । अर्जेन्टिनाका कप्तान मेस्सी दुई सिजन पीएसजीमा बसेर क्लब छाडेका हुन् ।

यो सत्य हो कि मलाई अर्को युरोपेली टोलीबाट अफर आएको थियो तर, मैले यो बारे सोचेको पनि थिइन किनभने युरोपमा मेरो विचार बार्सिलोना जाने मात्र थियो मेस्सीले थपे, विश्वकप जितिसकेपछि र बार्सिलोनामा फर्कन नसकेपछि यो मेरो एमएलएस फुटबलको मजा लिने समय भएको छ ।

मेस्सीले २०२१ मा फाइनान्सियल फेयर प्लेको कारणले नोउ क्याम्प छोडेका थिए।

म साँच्चै बार्सिलोना फर्कन चाहन्थे, मेरो त्यो सपना थियो । तर दुई वर्ष पहिले के भयो । मेरो भविष्य अरू कसैको हातमा छोडेर म फेरि उस्तै अवस्थामा हुन चाहन्न । म आफ्नो र मेरो परिवारको बारेमा सोच्दै आफ्नै निर्णय लिन चाहन्थें।

मियामीले अमेरिकी मेजर लिग सकर एमएलएस लिग खेलिरहेको छ ।

मियामी इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब हो ।

मेस्सीको यो युरोप बाहिरको पहिलो क्लब हो ।