मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको फैसला सर्वोच्चले असार १२ गते सुनाउने

अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको फैसला सर्वोच्चले असार १२ गते सुनाउने

न्यूजस्टोरी

काठमाडौं । पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको हत्या मुद्दामा सर्वोच्च अदालतले निसु (निर्णय सुनाउने मिति) तोकेको छ ।

काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी मुद्दामा आगामी असार १२ गते फैसला सुनाउने गरि मिति तोकिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएपछि बुधबार निसु तोकिएको हो ।

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा, सूर्यमान दोङसहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।