मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

न्यूजस्टोरी

काठमाडौं। आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२।०२ विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनिको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा  सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रहेको छ ।

आज सबैभन्दा बढीबुद्ध भूमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मुल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ ।त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३  वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन्।