काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गर्नुभएको छ । सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन् ।
गिरिबन्धु टी–इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, ‘बालेनलाई सोध्नुस् ।’ सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरिबन्धु बारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्युरोड सडकको विषय उठाएको आरोप लगाउनुभएको थियो ।
बालेनले ओलीलाई गिरिबन्धुमा अनियमितता गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गर्नुभएका थिए । उहांले यसअघि पनि ओलीमाथि गिरीबन्धु चिया बगानका विषयमा टिप्पणी गर्दै आईरहनुभएको छ ।


प्रतिक्रिया