मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक निर्माणमा लापरबाही गर्ने व्यवसायीसँग ललितपुर महानगरले सोध्यो स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी

सडक निर्माणमा लापरबाही गर्ने व्यवसायीसँग ललितपुर महानगरले सोध्यो स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी

न्यूजस्टोरी

काठमाडौं । ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो ।

महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र ९स्तरोन्नति० गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ । यसअघि पनि पटक–पटक पत्राचार गरेर निर्धारित समयमा काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता गराए पनि काममा प्रगति नदेखिएको सूचनामा उल्लेख छ ।

कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने रु भनेर महानगरले स्पष्टीकरण सोधेको छ ।

तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो आधार र कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।