मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा कार दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुरमा कार दुर्घटना, दुई जनाको मृत्यु

न्यूजस्टोरी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका- १२ चौतारास्थित कान्ति लोकपथमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ललितपुरबाट हेटौंडातर्फ आइरहेको कार शनिबार चौतारानजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक डीएसपी लक्ष्मी भण्डारीले बताए। उनका अनुसार, दुर्घटनामा रौतहटको मौलापुर नगरपालिका( का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका-१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको छ।

दुर्घटनामा घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो। साह र ब्लोनको उपचारका क्रममा ज्यान गएको डीएसपी भण्डारीले बताए।दुर्घटनामा बाराको निजगढ नगरपालिका(६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।