मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको शेयर बजार : दुई प्रतिशतले बढ्यो, आगामी साता मौन्द्रिक नीतिको भर

साताको शेयर बजार : दुई प्रतिशतले बढ्यो, आगामी साता मौन्द्रिक नीतिको भर

न्यूजस्टोरी

काठमाडौं । साताभरीमा नेप्से सूचक  ५२.५३ अंक (२.६७%) बढेर २,०१८.७६ मा बन्द भएको छ । अघिल्लो साताको तुलनामा १.६४ प्रतिशतले घटेर गत साता परिसूचक १९६६.२३ मा बन्द भएको थियो । यो साता परिसूचक सम्म उच्च र १९६२.२१ को रूपमा न्यून रहेको छ । जसले गर्दा ८६.०२ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले ४५ दशमलव ५६ अंकको अस्थिरता देखाएको थियो ।

सबैभन्दा बढी इन्ट्राडे घाटा मंगलबार २८.६२ बिन्दुले ४.०८ अर्बको कारोबार भएको थियो, तर यो साता कुल कारोबार रु १८.५९ अर्ब रहेको छ । यस साता सेन्सेटिभ इण्डेक्स २.२२ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.५९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २८.२८ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २६.७४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.८७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण २.६८ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८३ अर्ब बढेर ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। मौद्रिक नीति समीक्षा सीधै सेयर बजारलाई सम्बोधन नगरे पनि दीर्घकालमा भने अहिलेको नयाँ प्रावधानहरुले फाइदा नै पुर्याउने सम्भावना छ । किनभने लगानी बढाउने, कर्जा विस्तारको हुने नीति लिइएको छ । हायर पर्चेज, घर जग्गामा पनि लगानी बढाउने नीति छ । 

सेयर बजार सुधारका लागि अर्थतन्त्रका अन्य क्षेत्रहरु पनि विस्तार हुनुपर्ने हुन्छ । अर्थतन्त्र सुधार भएमात्र सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिन सक्छ भन्ने कोणबाट हेर्दा समग्रमा बजारमा फाइदा हुने विश्वास गर्न सकिने लगानीकर्ताको भनाई  छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले १ आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सेयर तथा धितोपत्रका उपकरणहरु बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसअघि १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको १ प्रतिशतसम्म मात्र सेयर बिक्री गर्न पाउने व्यवस्था थियो ।  बैंक तथा वित्तीय संस्थाले सेयर बिक्री गर्न नपाउँदा सेयर बजार चलायमान नभएको निष्कर्षका आधारमा नयाँ व्यवस्था गरिएको राष्ट्र बैंक जनाएको छ