मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ लगातार घट्दै, मंगलबार प्रतितोला ७ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार घट्दै, मंगलबार प्रतितोला ७ सय रुपैयाँ घट्यो

न्यूजस्टोरी

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

सोमबार १ लाख ३८ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ भने बढेको छ । सोमबार तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।