काठमाडौं । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । भारतिय नम्बरको एम्बुलेन्समा लम्कीको बल चौरमा दुर्घटना भएको हो । भारतमा उपचार गरेर घर फर्किरहेका बेला पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरि फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका(९ कि १८ वर्षीया अञ्जली परियारको मृत्युु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।
एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । एम्बुलेन्स र चालक भारतको नैनितालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया