मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा क्रेनको ठक्करबाट एक महिलाको ज्यान गयो

पोखरामा क्रेनको ठक्करबाट एक महिलाको ज्यान गयो

न्यूजस्टोरी

कास्की । पोखरामा क्रेनले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बिहीवार हिजो दिउँसो क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ वर्षीया धना अधिकारीको ज्यान गएको हो ।

पोखरा ५ मालेपाटनमा रहेको विद्युत् कार्यालय अगाडिको सडकबाट बाटो पार गर्ने क्रममा उहाँलाई क्रेनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज ज्यान गएको हो ।

मृतक अधिकारीका आफन्तले आज झण्डै ३ घण्टा पृथ्वीचोक(महेन्द्रपुल सडक अवरुद्ध पारेका थिए ।