मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा एक लाख ४४ हजार जना विदेशी पर्यटक भित्रिए

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा एक लाख ४४ हजार जना विदेशी पर्यटक भित्रिए

न्यूजस्टोरी

कास्की, ३ बैशाख । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ जना विदेशी पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गएको साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली देशका ५९ हजार नौ सय ३९ र अन्य देशका ८४ हजार सात सय ३६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । चैतमा मात्र ३५ हजार दुई सय ६५ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएका आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभयो । यो वैशाख महिनामा पर्यटक सङ्ख्या थप बढ्ने प्रमुख डाक्टर कडरियाको अनुमान छ ।

असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ ।