शेखर छतकुली
वीरगंज, चैत्र १५ । पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको लत्ताकपडा, पशु चौपाया सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याएको लत्ताकपडा र दुईवटा लैना भैसी सहित लोड रहेको पिकप नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्ज ३ छपकैयाबाट तस्करी गरि भित्राइएको करिब ४ लाख ५१ हजार रुपैया बराबरका कुर्ता सुरवाल, कार्पेट लगायतका बस्तुहरु नियन्त्रणमा लिएकोे पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
त्यसैगरि पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानिपुरबाट दुईवटा लैना भैसी, लोड भएको पिकअप र एकजना ब्यक्तिलाई पनि नियन्त्रण्मा लिएको हो । नियन्त्रणमा लिएका पशुचौपाया सहित ब्यक्तिलाई आवश्यक कारवाहकिा लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया