मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहराइनको सामना गर्दै नेपाल

बहराइनको सामना गर्दै नेपाल

न्यूजस्टोरी

काठमाडौं, चैत ८ गते । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दैछ। बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार १२:४५ बजे शुरू हुने छ।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत बिहीबारको यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो। तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेल्न लागेको हो।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले पराजित भएको थियो।