मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झन्डै ४ महिनापछि टोलीमा फर्किए राशिद खान

झन्डै ४ महिनापछि टोलीमा फर्किए राशिद खान

न्यूजस्टोरी

काठमाडौं, १ चैत्र । आयरल्यान्डसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।

अफगानिस्तानका स्टार स्पिनर राशिद खान झन्डै चार महिनापछि टोलीमा फर्किएका छन् । राशिदले पछिल्लो पटक सन् २०२३ मा भारतमा भएको आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकासँग खेलेका थिए । एकदिवसीय विश्वकपकै क्रममा उनी घाइते भएका थिए ।

यो प्रतियोगितापछि उनले प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् । उनले भारतसँगको तीन खेलको टी–२० शृङ्खलाका लागि टोलीसँगै यात्रा गरे पनि उनी खेल्नका लागि फिट थिएनन् ।

राशिदले आयरल्यान्डसँगको शृङ्खलामा टोलीको कप्तानी गर्नेछन् । यस्तै अर्का स्पिनर मुजिब उर रहमान पनि टोलीमा फर्किएका छन् । अफगानिस्तान र आयरल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ ।