शेखर छतकुली
वीरगंज, २३ फागुन ।
पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित चारजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको ईनरवाको प्रहरी चौकीले लागु औषध सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले छड्के चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मि.ग्राम सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
लागु औषध सहित पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका वडा नं.३ कटानी बस्ने वर्ष ३२ को भिम बहादुर वाईवा र सोही बस्ने वर्ष २५ को मिलन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
त्यस्तै,प्रहरी नायब निरीक्षक सिंहकै कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट छिमेकी मुलुक भारतको रक्सौल बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा लागु औषध ईनजेकशन सहित दुई जनालाई चेकजाँचको क्रममा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उप–महानरपालिका नं.४ बस्ने वर्ष ३२ बर्षका गणेश घिमिरेको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र मकवानपुर बकैया गाउँपालिका वडा नं.५ बस्ने वर्ष ३५ बर्षका बिकाश भोलनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फेला परेको हुँदा दुईजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखी उनीहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया