चितवन, २२ फागुन । चितवनको रत्ननगरमा दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । खोप अभियानमा यहाँका २५ हजार ७०० बालबालिकालाई खोप लगाइने छ । चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले आज खोप अभियानको उद्घाटन गर्नुभएको हो ।
सरकारले गत फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सुरु गरेको हो । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो ।


प्रतिक्रिया