शेखर छत्कुली
वीरगंज, ३ जेष्ठ
वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा आज क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा एआई प्रविधियुक्त एक्सरे मार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण भएको हो ।
परीक्षणका क्रममा ५० जना संभावित क्षयरोगका बिरामी देखिएकाले थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि पठाइएको महानगरपालिकाले जनाएको छ।

वीरगन्ज महानगरपालिकाले समुदायस्तरमै पुगेर एक कार्यक्रमको आयोजना गरी क्षयरोगको पहिचान, परीक्षण र उपचारलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख राजु साहले जाकारी दिएका छन् ।
माहानगरले प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचार प्रक्रिया अघि बढाउँदा क्षयरोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

वीरगन्ज महानगरपालिकाले यस्तै स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ ।


प्रतिक्रिया